१७ असार २०८३, बुधबार

इथियोपियामा हिंसा चर्किंदा ८१ जनाको मृत्यु, सेना परिचालन

असार १८, २०७७
इथियोपियामा हिंसा चर्किंदा ८१ जनाको मृत्यु, सेना परिचालन

इथियोपियाका केही क्षेत्रमा हिंसा भड्किँदा ८१ मानिसको मृत्यु भएपछि बुधवार सेना परिचालन गरिएको छ । 

सोमवार लोकप्रिय संगीतकार हाकालू हुन्डीसालाई गोली हानेर हत्या गरिएपछि हिंसा भड्किएको हो । प्रहरीका अनुसार, हुन्डीसालाई तारो बनाएरै हत्या गरिएको हो । 

हत्याको विरोधमा प्रदर्शन हुन थाले अनि राजनीतिक रूपमा किनारीकृत गरिएको भावले पनि मानिसहरूलाई क्रुद्ध बनायो । राजधानी अदिस अबाबा तथा अन्य शहरमा विरोध प्रदर्शन भए । 
 

हाकालू देशको सबभन्दा ठूलो जातीय समूहका सदस्य थिए । उनको हत्यापछि उब्जेको तनावले देशको लोकतान्त्रिक संक्रमणलाई जोखिममा पारेको छ । 

अहिलेसम्म ८१ जनाको मृत्यु भइसकेको छ जसमा ओरोमिया विशेष प्रहरी बलका तीन सदस्य पनि छन्,’ ओरोमिया प्रहरी प्रमुख बेदास्सा मर्दासाले बताए ।

विभिन्न टोलहरूमा गोलीको आवाज सुनियो अनि लामो छुरी र लठ्ठी लिएर हिँडेका मानिस सडकमा घुमिरहे । ओरोमो मूलका युवाले शहरका अन्य जातीय समूहका मानिससँग भिडन्त गरेको प्रत्यक्षदर्शीहरूले बताए । दुवै पक्ष प्रहरीसँग पनि भिडेका थिए । 

सेनालाई केही क्षेत्रमा तैनाथ गरिएको तीनजना प्रत्यक्षदर्शीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्