
काठमाडौं १७ बैशाख - नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमाले अध्यक्ष केपी ओली र बरिष्ट नेता माधब कुमार नेपाल संग संगै भेट बार्ता गर्नु भयको छ ।
संबिधान सभा भबन बानेश्वोरमा भयको भेटमा संबिधान संशोधनको सम्बन्धमा समान धारणा बनाउने बिषयमा कुरा भयको परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनु भयो।
भेटमा नेताहरुले ९ दलीय गठबन्धनले लियको अडान सत्य साबित हुदै गयको निष्कर्ष निकाल्दै राष्ट्रियताको सबालमा एकजुट भयर सिंगो देशलाई एकताबद्ध बनायर अघि बढ्ने अठोट पनि ब्यक्त गर्नु भयको छ ।