
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको बताएको छ ।
मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
डाक्टर गौतमले काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको बताए ।
काठमाडौँ उपत्यकामा समुदायमै कोरोना संक्रमण फैलिएको चर्चा चलिरहेका बेला संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।