
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई नमस्कार गर्दा नमस्कार फर्काउन पनि छोडेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले ओलीले सत्ता साझेदारीका लागि आफूसँग सहकार्य हुन लागेको प्रतिक्रियामाथि थप प्रतिक्रिया दिँदै ओलीसँग आफ्नो देखादेख नभएको महिनौं भइसकेको बताएका हुन् ।
'भूपी शेरचनले त्यसै भनेका होइन रहेछन् यो हल्लै हल्लाको देश हो,' उनले लेखेका छन्, 'सचेत युवाहरूसमेत कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लागेको देख्दा गम्भीर चिन्ता लाग्यो । प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसँग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु ?'
भूपी शेरचनले त्यसै भनेका होइन रहेछन् यो हल्लै हल्लाको देश हो! सचेत युवाहरू समेत कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लागेको देख्दा गम्भीर चिन्ता लाग्यो! प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसंग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु? https://t.co/6WIiPCPe9I
— Baburam Bhattarai (@brb1954) July 6, 2020