२५ जेठ २०८३, सोमबार

दिल्लीमा कोरोना संक्रमितकाे संख्या एक लाख नाघ्याे

असार २२, २०७७
दिल्लीमा कोरोना संक्रमितकाे संख्या एक लाख नाघ्याे
फाइल फोटो।

भारतकाे राजधानी समेत रहेकाे दिल्ली राज्यमा काेराेना भाइरस संक्रमितकाे संख्या एक लाख नाघेकाे छ।

पछिल्लाे २४ घन्टामा मात्र एक हजार तीन सय ७९ जनामा संक्रमण देखिएसँगै याे संख्या एक लाख ८ सय २३ पुगेकाे हाे। 

संक्रमितमध्ये ७२ हजार ८८ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्। 

दिल्ली सरकारका अनुसार दिल्लीमा पछिल्लाे २४ घन्टामा ४८ काेराेना संक्रमितकाे ज्यान गएकाे छ।

दिल्लीमा हालसम्म तीन हजार एक सय १५ संक्रमितकाे ज्यान गइसकेकाे छ।

salt training

कमेन्ट गर्नुहोस्