०३ साउन २०८३, आइतबार

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने समाजवादीको निर्णय

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने समाजवादीको निर्णय

 पार्टी निर्देशन उल्लंघन गरेको तथा राष्ट्रहितविपरीतको अभिव्यक्ति दिएको भन्दै समाजवादी पार्टी नेपालले सरित गिरीलाई सांसद तथा पार्टी सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको समाजवादी पार्टी संसदीय दलको बैठकले गिरीलाई सांसद सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

 

पार्टीका महासचिव रामशाहप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुरुप सांसद गिरीलाई कार्वाही गरिएको हो । कार्यदलले गिरीलाई कार्वाही गर्न सिफारिससहित मंगलबार नै पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा गिरीलाई कार्वाहीका लागि पार्टीले कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।

गिरीले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि असहमति राखेकी थिइन्।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्विप उल्लङ्घ गरेकी थिइन्।

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्