२६ जेठ २०८३, मंगलबार

नेपाल आदिवासी जनजाति महासंघ  लगायतका संघसंस्थाले युएईमा संयुक्त रूपमा बुद्ध जयन्ती मनाउँदै

कात्तिक २०, २०७४
नेपाल आदिवासी जनजाति महासंघ  लगायतका संघसंस्थाले युएईमा संयुक्त रूपमा बुद्ध जयन्ती मनाउँदै
अनिस तामाङ
अबुधाबी (युएई), १८ वैशाख - युएईको राजधानी अबुधाबीमा नेपाल आदिबासी जनजाति महासंघ युएई र यहाँका क्रियासिल ४० संघसंस्थाहरुको संयुक्त आयोजनामा भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्ती मनाउने भएका छन् ।
 

ई.पु. ५६३ मा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्म लिनु भएका भगवान गौतम बुद्धले २९ वर्षको उमेर गृह त्याग गरि तपस्या गरे पश्चात् भारतको बोधगयामा बैशाख शुक्ल पुर्णिामाका दिन ज्ञान प्राप्त भए पछि संसारमा शान्तिको दूत भगवान बुद्ध भनेर चिनुन भएको हो तर बेलाबेला बुद्ध भारतमा जन्मिनु भएको भनि गलत प्रचारप्रसार फैलाइरहेको बेला विदेशी भुमिमा बुद्ध जयन्ती मनाउदा केहि हद सम्म भ्रम चिर्ने आयोजकहरुको दाबी रहेका छन ।
 
देशमा समानुपातिक समाबेशिता र पहिचानको मुद्दा चर्किरहेको बेला विगतमा जनजाति समुदायले मात्रै मनाउँदै आएको बुद्ध जयन्ती संयुक्तरुपमा अरु युएईमा कृयासिल संघसंस्थाहरुले पनि मनाउदा नेपाली समुदायमा एकता र सदभावको लागि नयाँ आयम थपिने यहाँका बुद्धिजीवीहरु बताउँछन् । युएईको दुबईस्थित कार्ल्टन टावर हलमा आगामी मे १२ का दिन ठिक १ बजे सुरु हुने कार्यक्रमको लागि युएईको विभिन्न स्टेटहरुबाट आउन जानाको लागि बसको नि:शुल्क सुबिधा समेत रहेको छ ।
 
यस कार्यक्रमको आयोजकहरुमा नेपाल आदिबासी जनजाति महासंघ युएई लगायत नेपाली समाज,नमस्ते ट्राभल, नेप्लिज सोसल क्लब,नेपाली जन प्रगतिशील मंच, नेपाल विस्व सहयोग संघ, शेर्पा किदुग , किरात याक्थुङ चुम्लुङ, तमु समाज, गोरखा सेवा समाज, सुनुवार सेवा समाज , नेपाली समुदाय, थारु समाज, काभ्रे सेवा समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, दलित एकता सञ्जाल, लुम्बिनी वेल्फेर सोसाइटी, पर्वत सेवा समाज, रुपन्देही सेवा समाज, नवलपरासी सेवा समाज, कास्की आदर्श सेवा समाज, सर्लाही सेवा समाज,किरात राई यायोख्या, नेपाल मगर संघ शाखा, लिः ल फङ घले समाज, सिलेट ट्राभल एण्ड टुर्स, चितवन समाज, प्रवासी नेपाली एकता समाज, तामङ समाज, अल सम्हा टावर क्याफ्टेरिया, अर्घाखाँची सम्पर्क समिति, स्याङ्जा सहयोग समाज, हिमालय वल्र्ड ट्राभल, नेपाली कलाकार समूह, प्रबासी भुजेल समाज सेवा समिति, त्रिशुली समाज, मितेरी समाज, नेपालीको सगरमाथा रेस्टुरेन्ट, माझी समाज, अन्तर्राष्ट्रिय नेपाली समाज लगायत युएईमा क्रियासिल ४० संघ संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन । 
 
उक्त कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि आर्थिक संयोजकमा नमस्ते ट्राभल्सका संचालक एकेन्द्र थापालाई जिम्मा दिइएका छन भने कार्यक्रमलाई संगीतमय बनाउनुको लागि नेपालबाट चर्चित सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिक कोपिला गुरुङको साथमा प्रवासी कलाकारहरु समेत बिजोड प्रस्तुति रहने छन भने  बौद्ध महासंघको पुर्व अध्यक्ष एवं बौद्ध धर्म गुरु खेन्पो भगेन्द्र सिला ज्युले प्रवचन दिने जानकारी दिएका छन !

salt training

कमेन्ट गर्नुहोस्