२५ जेठ २०८३, सोमबार

‘म यस्तो गीत गाउँछु’ को रोमान्टिक गीत रिलिज, यस्तो देखियो पल र पूजाको जोडी

कात्तिक २०, २०७४
‘म यस्तो गीत गाउँछु’ को रोमान्टिक गीत रिलिज,  यस्तो देखियो पल र पूजाको जोडी
काठमाडौं, १८ बैशाख - नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ टिमले चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरेको छ । कार्यक्रममा भन्छु आज बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

कविराज गहतराजले कोरियोगाफ्री गरेको गीतमा पल शाह र पूजा शर्माको जोडी आकर्षक लाग्दो छ । गीतमा सुदर्शन थापाको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तले गीतमा स्वर दिएका छन् ।

आउँदो असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्मको भिडियो रिलिजसँगै यतिबेला फिल्मको मेकिङको पनि चर्चा भइरहेको छ । चलचित्रमा पल र पूजासहित सरोज खनाल, शोभित बस्नेत, सलोन बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । लभ स्टोरी बनाइरहने निर्देशक थापाले यो लभ स्टोरी चलचित्रलाई पनि उत्कृष्ट बनाएको अड्कल गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्