१० असार २०८३, बुधबार

पहिरोले पाइप पुर्दा वीरेन्द्रनगरको खानेपानी आपूर्तिमा समस्या

असार २९, २०७७
पहिरोले पाइप पुर्दा वीरेन्द्रनगरको खानेपानी आपूर्तिमा समस्या

सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्ने पाइप पहिरोले पुरेपछि आपूर्तिमा समस्या भएको छ ।

खरीखोलाको मूलबाट पानी ल्याइएको पाइप मुहानभन्दा ८०० मिटर तल अलैंचीमा गएको पहिरोले पुरेको छ । असार १९ गते गएको पहिरोले पाइप लाइनमा क्षति पुगेको हो ।

पाइप पहिरोले पुरेपछि प्रतिसेकेन्ड ३० लिटर पानी आपूर्ति रोकिएको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । पहिरो ठूलो भएकाले तत्काल पाइप लाइन मर्मत गर्ने वैकल्पिक उपाय समेत नभएको उनले बताए ।

‘कल्पना नै नगरिएको चट्टानमा पहिरो गएको छ, यसले गर्दा प्रतिसेकेन्ड ३० लिटर पानी आपूर्ति बन्द भएको छ,’ अध्यक्ष देवकोटाले भने, ‘यो पहिरो ठूलो भएको र सामान ढुवानी गर्न सडक नभएकाले तत्काल सञ्चालनका लागि विकल्प समेत भेटिएको छैन ।’

वीरेन्द्रनगर उपत्यकामा पानी आपूर्ति गर्न झुप्रा खोलाबाट प्रतिसेकेन्ड ६६ लिटर र खरीबोरी खोलाबाट प्रतिसेकेन्ड ३० लिटर पानी ट्यांकीमा झारिएको छ । हाल झुप्रा खोलाबाट मात्र पानी आपूर्ति भइरहेको अध्यक्ष देवकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्