
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
कुन जिल्लामा कति थपिए ?
सुर्खेत: ४१
धनुषा: २७
कैलाली: ११
कपिलवस्तु: ९
रौतहट : ९
ललितपुर: ५
झापा : ४
महोत्तरी: ४
काठमाडौं: ३
बाग्लुङ : २
तनहुँ : २
बर्दिया: २
दाङ : २
रुकुम पश्चिम: २
दैलेख : २
बझाङ : २
बैतडी : २
म्याग्दी : २
मोरङ : १
सुनसरी : १
सप्तरी : १
भक्तपुर : १
काभ्रे : १
दोलखा : १
मकवानपुर : १
सिन्धुली : १
पर्वत : १
स्याङ्जा : १
बाँके : १
जाजरकोट : १
अछाम : १
संक्रमितमध्ये १० हजार २ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले दिए ।
हाल अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ हजार ६१३ छ भने ३८ जनाको मृत्यु भएको छ ।