०६ साउन २०८३, बुधबार

जलस्रोतका डिभिजन प्रमुख श्रेष्ठ सवा ९ लाख घुससहित अख्तियारको फन्दामा

जलस्रोतका डिभिजन प्रमुख श्रेष्ठ सवा ९ लाख घुससहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ।

निर्माणाधिन सिंचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग ९ लाख ३४ हजार घुस लिएको आरोपमा अख्तियारले उनलाई  नियन्त्रणमा लिएको हो।

उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित वेस क्याम्पभित्र रहेको निवासबाट पक्राउ परेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
 

कमेन्ट गर्नुहोस्