
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ।
निर्माणाधिन सिंचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग ९ लाख ३४ हजार घुस लिएको आरोपमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।
उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित वेस क्याम्पभित्र रहेको निवासबाट पक्राउ परेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।