
राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का पक्राउ परेका छन् ।
सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा उनी शनिबार दिउँसो पक्राउ परेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका खड्कालाई कीर्तिपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट उनी पक्राउ परेका बताइएको छ ।