२८ असार २०८३, आइतबार

चीनसँग तनाव बढेपछि यस्ता हतियार किन्दै भारत

असार ३१, २०७७
चीनसँग तनाव बढेपछि यस्ता हतियार किन्दै भारत

चीनसँगको सीमा तनाव बढ्दै गएपछि भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार खरिदको गति बढाएको छ । 

देशको रक्षा मन्त्रालय अन्तर्गतको डिफेन्स एक्विजिसन काउन्सिलले साढे ५ अर्ब डलर बराबरको हतियार खरिदका लागि स्वीकृति दिएको छ । 

भारतले आफ्ना ५९ वटा मिग–२९ विमानको स्तरोन्नति गर्ने भएको छ र रुससँग थप २१ वटा विमान किन्नेछ । त्यसका लागि एक अर्ब डलर खर्च हुनेछ । 

यसका साथै भारतले रुसमा बनेको सु–३०एमकेआई फाइटर जेटहरू १२ वटा किन्ने भएको छ र त्यसका लागि डेढ अर्ब डलर खर्च लाग्नेछ । 

सरकारले देशमै बनेका पिनाक मल्टीब्यारल रकेट लोन्चर, बीएमपी–२ इन्फान्ट्री कम्ब्याट भेहिकल, ल्यान्ड–अट्याक क्रुज मिसाइल र अस्त्र बियोन्ड–भिजुअल–रेन्ज मिसाइल पनि किन्ने भएको छ । 

सरकारले अमेरिकासँग एम७७७ अल्ट्रालाइट होवित्जरमा लागि एक्सकालिबर आर्टिलरी राउन्ड, रुसबाट इग्ला–एस एयर डिफेन्स सिस्टम र इजरायलबाट एन्टी–ट्यांक गाइडेड मिसाइलहरू पनि किन्ने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्