
चितवनकी एक महिलालाई बलात्कारको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यलय कास्कीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए ।
‘चितवनकी एक महिलाले दिएको उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा लिएका छौं,’ एसपी श्रेष्ठले लोकान्तरसँग भने ।
अधिकारी नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत थिए