
निजी तथा आवासीय विद्यालयहरूका छाता संगठन प्याब्सन र एन-प्याब्सनले भोलिदेखि सम्पूर्ण वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्ने घोषणा गरेका छन्।
आफूहरूको माग सम्बोधन गर्ने सम्बन्धमा यही असार २१ गते भएको भद्र सहमति एक साता बितिसक्दा पनि पालन नभएकाले साउन १ गतेदेखि अनलाइन क्लास पठाउन छाड्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका हुन्।
साथै उनीहरूले भोलिदेखि नै सम्पूर्ण शिक्षक र कर्मचारीलाई बेतलबी बिदामा राख्ने घोषणा पनि गरेका छन् ।
कोरोना महामारी र सरकारद्वारा घोषित लकडाउनका कारण शिक्षण संस्थाहरू करीब साढे ३ महिनादेखि बन्द छन् ।
यसबीचमा कतिपय निजी विद्यालयहरूले अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।