११ असार २०८३, बिहीबार

कृषि मन्त्रालयले बाँड्यो झण्डै १२ करोड अनुदान

कृषि मन्त्रालयले बाँड्यो झण्डै १२ करोड अनुदान

प्रदेश पाँचको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रम अन्र्तगत झण्डै १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेशको कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले गरी कूलल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ अनुदानको रुपमा प्रत्यक्ष किसानहरुलाई प्रदान गरेका हुन् ।

शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, मन्त्रालयका सचिव तेजबहादुर सुवेदी,  प्रदेश सभाको कृषि वन वातावारण समितिका सुभापती विजयबहादुर यादव प्रतिनिधिमूलक किसानहरुलाई संयुक्त रुपामा अनुदान चेक प्रदान गरेका हुन ।

प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादनमा आधारित दुध तर्फ ३१ सहकारीहरुलार्ई कुल ७ करोड ४८ लाख ६६ हजार ७८४ रुपैयाँ, खसी बोका कारोवार गर्ने सहकारीहरु १९ वटालाई कुल ४५ लाख ५८ हजार ३५० रुपैयाँ र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत दुग्ध तर्फ ९३ वटा सहकारी संस्था मार्फत कुल २ करोड ७८ लाख १२ सय रुपैयाँ, कुखुरातर्फ कुल १ करोड १८ लाख २८ हजार रुपैयाँ गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रदान गरेको हो ।

यस्तै प्रदेशको कृषि विकास निर्देशनालयबाट कोभिड १९ विशेष कार्यक्रम अन्र्तगत कुल ३६ लाख ८८ हजार रुपैयाँ  किसानहरुलाई विज वृद्धि र सामग्री खरिदमा सहयोग गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाका अनुसार यसबाट कुल २ सय ७३ जना किसान लाभांवित भएका छन । कुल अनुदानबाट ५ हजार ८८४ जना किसानहरु लभांवित भएका छन ।

अनुदानका चेक हस्तानान्तरण कार्यक्रममा बोल्दै प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोभिड १९ को कारण रोजगारी गुमाएर  बसेका व्याक्तिहरुको लागि कृषिमा विशेष काम गर्ने अवसर रहेको बताइन । कार्यक्रममा बोल्दै प्रदेश सभा ५ का कृषि वन वातावरण समितिका सभापति विजय बहादुर यादवले किसानहरुलाई राहत वितरण गर्दा एकरुपता अपनाउनको लागि आग्रह गरेका थिए ।  सचिव तेज बहादुर सुवेदीले विगत केही वर्षहरुमा अनुदान वितरणको लागि प्रयोग हुदै आएको परम्परात प्रणालीलाई परिमार्जन गरी नयाँ ढंगले उत्पादनमा आधारित अनुदान वितरण गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्