०४ असार २०८३, बिहीबार

भारतमा नेपालीको कपाल मुण्डन गर्ने दुई जना पक्राउ (भिडियाेसहित)

भारतमा नेपालीको कपाल मुण्डन गर्ने दुई जना पक्राउ (भिडियाेसहित)
तस्बिर स्राेत: सामाजिक सञ्जालबाट।

भारतीय प्रहरीले एक नेपालीको कपाल मुण्डन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भारतीय विश्व हिन्दु सेनाका कार्यकर्ताले त्यहाँ रहेका एक नेपालीमाथि ज्यादती गर्दै जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्रीराम’ लेखिदिएका थिए।

उक्त घटनाको नेपालमा पनि तीव्र आलोचना भइरहेका बेला त्यहाँकाे प्रहरीले सन्तोष पाण्डेय र एक अर्का व्यक्तलाई पक्राउ गरेको छ।

उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी लगाएको आरोप छ। 

वाराणसी प्रहरीका एसएसपी अमित पाठकका अनुसार पक्राउ परेका पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए।  फेसबुकमा अपलोड गर्ने अरुण पाठककाे खाेजी भइरहेकाे भारतीय प्रहरीले जनाएकाे छ। पक्राउ परेका एक अर्का व्यक्तिकाे परिचय भने खुलाइएकाे छैन। उनलाई हिरासतमा लिएर साेधपुछ भइरहेकाे बताइएकाे छ।  

 

salt training

कमेन्ट गर्नुहोस्