१० असार २०८३, बुधबार

रुससँग छन् संसारमै खतरनाक आणविक हतियार, जान्नुहोस रोचक तथ्य

साउन २, २०७७
रुससँग छन् संसारमै खतरनाक आणविक हतियार, जान्नुहोस रोचक तथ्य

संसारको सबभन्दा शक्तिशालीमध्येको एक देश रुसको पहिचान संसारमा बेग्लै किसिमको छ।

क्षेत्रफलको हिसाबमा संसारको सबभन्दा ठूलो देश प्रविधिमा निकै अघि छ। यहाँ हामी रुसका केही रमाइला जानकारीहरू दिँदैछौं।

रुस यति विशाल छ कि त्यहाँ कुल ११ टाइमजोन छन् । 

प्राकृतिक स्रोतसाधनहरूले भरिएको रुसमा तेलको पाइपलाइन यति धेरै फैलिएको छ कि त्यसले संसारलाई ६ चोटि बेर्न मिल्छ। 

संसारमा प्राकृतिक ग्यासको सबभन्दा ठूलो भण्डार रुसमा नै छ। रुस नै प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातकर्ता हो । 

संसारको कुल सुनको लगभग ४० प्रतिशत स्रोत रुससँग छ। कुल एलुमिनियमको ११ प्रतिशत त रुसको रसल कम्पनीले नै गर्छ। 

ट्रान्सफर्मर, टेप रेकर्डर, हेलिकप्टर, सिन्थेटिक रबर, वेल्डिङ, रेडिएटर, टेलिग्राफ अनि पाउडर मिल्क जस्ता ठूला आविष्कार रुसकै देन हुन्। 

संसारको सबभन्दा ठूलो बम जार बम्बा रुससँग छ। हिरोशिमा नागासाकीमा फालिएको परमाणु बमभन्दा १४ सय गुणा शक्तिशाली छ यो । 

रुससँग संसारमै सबभन्दा धेरै आणविक हतियार छ। त्यसको संख्या ८५ सय छ। संसारमा हतियार निर्यात गर्ने दोस्रो ठूलो देश रुस नै हो। 

रुसमा साक्षरता प्रतिशत लगभग ९९.७ प्रतिशत छ। 

रुसमा रक्सीको खपत धेरै हुन्छ। औसतमा एक रुसी व्यक्तिले लगभग १८ लिटर रक्सी सेवन गर्छ। 

रुसको क्षेत्रफल प्लेटो ग्रहभन्दा ठूलो छ। 

अन्तरिक्षमा उपग्रह पठाउने पहिलो देश रुस हो। 

रुसमा फोहोरी कार चलाउन कानूनी प्रतिबन्ध छ। 

रुसको बैकाल तालमा संसारको २० प्रतिशत शुद्ध पानी छ।-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्