०७ असार २०८३, आइतबार

दुई पटकसम्म माओवादी हेडक्वार्टर बैठक, के भयो छलफल ?

कात्तिक २०, २०७४
दुई पटकसम्म माओवादी हेडक्वार्टर बैठक, के भयो छलफल ?

काठमाडौं, १९ बैशाख – सरकारको नेतृत्वकर्ता दल ने.क.पा. (माओवादी केन्द्र) को हेडक्वार्टर बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको छ ।maoist hed
सोमबार बिहान र दिउँसो गरी दुई पटकसम्म बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समसामयिक परिस्थितिबारे र पार्टीले खेल्नुपर्ने भूमिकाका बारे बैठकमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बाहिर हेर्दा सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथिको महाअभियोगको प्रस्ताव नेपाल प्रहरीको महानिरीक्षक प्रकरणसँग जोडिएको देखिए पनि मूख्य कुरा शक्ति पृथकीकरण र राज्यका तीनवटै अङ्ग बीचको क्षेत्राधिकारको सवाल भएको बताएका थिए ।
प्रधानमन्त्रीले महाअभियोगको प्रस्ताव सरकारको प्रस्ताव नभएर सांसदहरुद्वारा दर्ता गरिएको प्रस्ताव भएको र त्यो संविधानमा व्यवस्था भएको महाअभियोग सम्बन्धि व्यवस्थामा अनुरुप नै दर्ता भएको स्पष्ट गरेका थिए ।

महाअभियोग प्रस्तावबारे बोल्दै पार्टी अध्यक्ष प्रचण्डले महाअभियोग प्रस्ताव अदालत विरुद्ध लक्षित नभएर प्रधान न्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित भएको बताएका थिए ।
प्रचण्डले महाअभियोग प्रस्तावले न्यायालय कमजोर नहुने बरु थप पारदर्शी, जवाफदेही र प्रभावकारी बन्ने बताउँदै संसदले गर्ने निर्णय नै अन्तिम हुने बैठकलाई जानकारी गराए ।
महाअभियोग, बैशाख ३१ र जेठ ३१ गते निर्धारण गरिएको निर्वाचन, संविधान संशोधन विद्येयक लगायतका विषयमा छलफल गर्न आब्हान गरिएको बैठकमा हेडक्वार्टर सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।
पार्टी अध्यक्षले बैठकमा उठेका प्रश्नहरुबारे जवाफ दिँदै महाअभियोग प्रस्तावले निर्वाचन र संविधान संशोधन प्रक्रिया प्रभावित नहुने स्पष्ट पारेका थिए ।
बैठकले महाअभियोग संसदको क्षेत्राधिकारको विषय भएको स्पष्ट पार्दै संसदमा दर्ता महाअभियोग प्रस्ताव प्रक्रियामा अगाडि जाने र त्यसमा पार्टीको सहयोगी भूमिका हुने स्पष्ट गरेको छ ।
बैठकले संविधान संशोधन विद्येयकलाई पारित गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने, पहिलो चरणको निर्वाचनको मंगलबारको उम्मेदवारी मनोनयन प्रक्रियालाई उत्सवका रुपमा लिएर अघि बढ्न पार्टी सङ्तिलाई निर्देशित गर्ने र दोस्रो चरणको निर्वाचनलाई पनि तोकिएकै समयमा सम्पन्न गर्ने गरी प्रभावकारी तयारी गर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्