११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह : महाभियोग प्रस्ताव फिर्ता लिनुस्

कात्तिक २०, २०७४
प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह : महाभियोग प्रस्ताव फिर्ता लिनुस्
काठमाडौं, १९ बैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएकी छिन् । महाभियोगपछिको विकसित घटनाक्रमबारे अवगत गराउन सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भण्डारीले त्यस्तो सुझाब दिएकी हुन् ।Bidhya-Bhandari

कार्यपालिकाको अनावश्यक हमला र हस्तक्षेपबाट न्यायपालिकाको मर्यादा र गरिमा समाप्त हुनेप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले फिर्ता लिँदा सकारात्मक सन्देश जाने भन्दै गम्भीर ध्यानाकर्षणसमेत गराइन् । स्रोतका अनुसार न्यायपालिकाको इतिहासमा एउटा सक्षम र निर्भीक महिलाले नेतृत्व गर्ने अवसर पाएका वेला महाभियोग प्रस्तावले सरकारको अनावश्यक हस्तक्षेपको गलत सन्देश प्रवाहित भएकोमा समेत राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी थिइन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्