१० असार २०८३, बुधबार

पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध

पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध
फाइल तस्वीर

त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।

सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए। 

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए । 

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र  दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्