०८ साउन २०८३, शुक्रबार

अमेरिकाका दुई लडाकू विमानले घेरे इरानको यात्रुवाहक विमान

साउन ९, २०७७
अमेरिकाका दुई लडाकू विमानले घेरे इरानको यात्रुवाहक विमान

आणविक हतियार बोक्न सक्षम अमेरिकाका दुईवटा एफ–१५ लडाकू विमानले इरानको एक यात्रुवाहक विमानलाई सिरियाको हवाईक्षेत्रमा खतरनाक तरिकाले घेरेका छन् । 

इरानको महान एयरलाइन्सका पाइलटले ठोकिने जोखिमबाट बच्नका लागि बाध्य भएर रूट परिवर्तन गर्नुपरेको थियो । विमान ठोकिएको भए ठूलो संख्यामा यात्रीहरू हताहत हुन सक्थे । 

लडाकू विमान इरानको यात्रुवाहक विमानको एक हजार मिटर नजिक आइसकेको थियो । महान एयरका पाइलटहरूले विमानलाई निकै द्रुत गतिमा तल लग्नुपरेको थियो । त्यसले गर्दा कैयौं यात्रुहरू घाइते भए । 

‘अमेरिको एफ–१५ लडाकू विमानले सिरियाको तान्फ ग्यारिसनमा नियमित मिसन चलाइरहँदा महान एयरको विमानलाई लगभग एक हजार मिटर परको सुरक्षित दूरीबाट निगरानी गरेको थियो,’ यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले बताए । 
 

तन्फ ग्यारिसनका ५५ माइल क्षेत्रलाई द्वन्द्वरहित क्षेत्र मानिन्छ र त्यहाँ रुसी तथा सिरियाली सरकारका सैनिकहरूलाई कुनै पनि कारवाही चलाउन दिइँदैन ।

रुसी र सिरियाली विमानलाई पनि उक्त एयरस्पेसबाट गुज्रिँदा रेडियो संकेत दिन लगाइन्छ । 

महान एयरको विमानलाई पनि पहिचान खुलाउनका लागि रेडियो सञ्चार गर्न भनिएको थियो तर उसले जवाफ नदिएपछि एफ–१५ उक्त यात्रुवाहक विमान नजिक पुगेको एक अमेरिकी अधिकारीले बताए । 

एयर महानको उडान ११५२ को पब्लिक फ्लाइट डेटा हेर्दा विमान चार मिनेटमा १४ हजार फीट तल पुगेको देखिन्छ । 

एक यात्रुले विमान स्वाट्ट तल झर्दा यात्रुको टाउको फुटेको बताए । 

इरानले आफ्नो विमानलाई अमेरिकी लडाकू विमानहरूले दुःख दिएको बतायो ।

salt training

कमेन्ट गर्नुहोस्