०७ असार २०८३, आइतबार

एकैदिन १ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति छ आज मूल्य ?

एकैदिन १ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति छ आज मूल्य ?

 नेपाली बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनको मूल्यमा १ हजार २ सय रुपैयाँ वृद्धि भएको छ ।

पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनको भाउमा अत्याधिक वृद्धि भइरहेको छ । 

शुक्रवार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । 

यस्तै बिहीवारको तुलनामा चाँदीको मूल्यमा यसदिन ५ रुपैंया वृद्धि भएको छ ।

बिहीवार प्रतितोला १ हजार  १ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । 

कमेन्ट गर्नुहोस्