०२ साउन २०८३, शनिबार

कोभिडपछि चीनमा बच्चाहरूलाई दूध पिलाउन जोड, वनविनाशको खतरा

साउन ९, २०७७
कोभिडपछि चीनमा बच्चाहरूलाई दूध पिलाउन जोड, वनविनाशको खतरा

चीन सरकारले मानिसहरूलाई थप प्रोटीन पाएर शरीरको रोगप्रतिरोधक क्षमतामा वृद्धि गराउन दूध पिउन जोड दिन थालेको छ । 

‘मातापिताले आफ्ना सन्तानका लागि बिहानीपख पर्याप्त दूध र अण्डा तयार पार्नुपर्छ,’ शांघाईको हुआशान अस्पतालमा सरुवा रोग विभागका चिकित्सक झाङ वेनहोङले बताए ।

झाङको यो विचारलाई सरकारबाट पनि समर्थन पप्त छ । यस वर्ष चीनको संसद् नेसनल पिपुल्स कंग्रेसमा एक सांसदले सबै व्यक्तिलाई दिनमा कम्तीमा ३०० ग्राम दूध पिउन उत्प्रेरित गर्न रणनीति बनाउनुपर्ने बताए । 

उनका टिप्पणीले सामाजिक सञ्जालमा बहस निम्त्यायो । दूधले कत्तिको अविकल्प पोषण दिन्छ, चीनको परम्परागत खानेकुरामा पशुबाट प्राप्त प्रोटीन कत्तिको आवश्यक छ र जिन्दगीभरि दूध पिउँदा खाद्य सुरक्षा र वातावरणमा कस्तो असर पर्छ भन्ने विषयमा बहस चलिरहेको छ । 
 

रोगप्रतिरोधक क्षमता बढाउनमा जोड दिँदा त्यसको वैश्विक परिणाम आउनसक्ने अनि अस्ट्रेलियाका डेरी फार्मदेखि अमेजन जंगलमा वनविनाशसम्म यसले असर पार्ने र जलवायु परिवर्तनका प्रयासलाई अवरोध गर्न सक्ने कुरा उठेका छन् । 

चीनमा कृषियोग्य भूमि सीमित भएकाले दूध सेवनमा वृछिको वैश्विक आयाम देखिन सक्छ । सन् २०१० सम्ममा चीनका गाईवस्तुलाई खुवाउने मकै ६ गुणाले बढेको थियो भने पशुले खाने सोयाबीन नौ गुणाले बढ्यो । 

चीनका गाईवस्तुबाट निस्कने ग्रीनहाउस ग्यास उत्सर्जन मिथेनको प्रमुख स्रोत हो र त्यो दोब्बर बढेको छ । 

चीनले ब्राजिलको तीन चौथाइ सोयाबीन किन्ने गरेको छ जसले गर्दा वनविनाश बढेको बताइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्