०७ असार २०८३, आइतबार

पोखराको मेयरका लागि माओवादी उम्मेदवारको टुंगो, तीन पार्टीबीच तीब्र प्रतिस्पर्धा

कात्तिक २०, २०७४
पोखराको मेयरका लागि माओवादी उम्मेदवारको टुंगो, तीन पार्टीबीच तीब्र प्रतिस्पर्धा

पोखरा, १९ वैशाख– आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

क्षेत्रफलका सिहवाले देशकै ठूलो महानगर पोखरा लेखनाथको मेयरमा विश्वप्रकाश लामिछाने उपमेयरमा गोमा ढकाललाई उम्मेदवार बनाइएको माओवादी केन्द्रले जनाएको छ ।

पोखराको मेयर र उपमेयरको उम्मेदवार छान्न माओवादीको कास्की जिल्ला कमिटीले दिनभर छलफल गरेको थियो । उक्त छलफलमा सहमति जुट्न नसकेपनि माओवादीले मनोनयन दर्ता गर्ने दिन (आज) विहानै उम्मेदवारको टुंगो लगाएको हो ।
लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी पोखरा नगर विकास समितिको अध्यक्ष समेत बनेका थिए ।

यस्तै उपमेयरको उम्मेदवार ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पर्यटन ब्यवसायमा संलग्न छिन् ।

प्रमुख तीन पार्टीबीच तीब्र प्रतिस्पर्धा हुने आकलन गरिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नरेशशंकार पालिखे र उपमेयरमा चन्द्रावती पौडेललाई अगाडि सारेको छ ।

यस्तै नेकपा एमालेले मानबहादुर जिसीलाई मेयर र मञ्जु गरुङलाई उपमेयरको उम्मेदवारका रुपमा अगाडि सारेको छ ।

कमेन्ट गर्नुहोस्