१५ असार २०८३, सोमबार

महानगर मेयरमा एमालेका तर्फबाट ज्ञवाली उम्मेद्वार

कात्तिक २०, २०७४
महानगर मेयरमा एमालेका तर्फबाट ज्ञवाली उम्मेद्वार
रत्ननगर, चितवन, १९ वैशाख –नेकपा (एमाले)ले भरतपुर महानगरको प्रमुख पदमा पार्टीका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको सोमबारको बैठकले भरतपुर महानगरको प्रमुखमा केन्द्रीय सल्लाहकार ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिनुभयो ।

यसअघि गत वैशाख ९ गते एमाले चितवनले प्रमुखका लागि नेताहरु विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्कीको नाम केन्द्रमा पठाएको थियो ।

ज्ञवाली पार्टीका केन्द्रीय सल्लाहकार, सुवेदी प्रदेश सदस्य हुनुहुन्छ भने श्रेष्ठ पूर्वमन्त्री भइसक्नुभएका नेता हुनुहुन्छ । विसं २०६४ को संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी दुवैजना उम्मेदवार हुनुभएको थियो । देवी ज्ञवालीसँग विगतको उपप्रमुख बनेको अनुभव छ ।

यसअघि एमालेले चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको छ ।

यस्तै, खैरहनी नगरपालिकाको प्रमुखमा पूर्वसांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया, राप्तीमा प्रभा बराल र इमानसिंह लामा, कालिकामा खुमनारायण श्रेष्ठ तथा कमला भट्टराई प्रमुख र उपप्रमुख उठाउने निर्णय गरेको छ ।

यसैगरी माडी नगरपालिकामा नादरमणि पौडेल र ताराकाजी महतोलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जुनाराज भण्डारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

नाम टुङ्गो लागेका उम्मेदवारहरु अहिले भोट माग्नमा व्यस्त छन् । माओवादी केन्द्रले भने भरतपुर महानगरमा रेणु दाहाललाई प्रमुखको उम्मेदवार छानेको छ ।

salt training

कमेन्ट गर्नुहोस्