देवेन्द्र बब्लुको नयाँ गीत 'मुसुक्क हास' सार्वजनिक भएको छ ।
बब्लुकै शब्द रचना तथा संगीतमा रहेको सो गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।
श्यामश्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका छन् ।
प्रेमिल गीतको भिडियोमा देबेन्द्रलाई रोशनी कार्कीले साथ दिएकी छिन् ।
गीतको भीडियोलाई बब्लु आफैंले निर्देशन गरेका छन् ।
यसअघि बब्लुको 'एक्लै जान सक्छौ र' लगायतकाे गीत निकै रुचाइएका छन् ।