०५ साउन २०८३, मंगलबार

विदेशबाट आउने सबैको कोरोना परीक्षण हुन्छ- मन्त्री ढकाल

विदेशबाट आउने सबैको कोरोना परीक्षण हुन्छ- मन्त्री ढकाल
फाइल फोटो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोरोना भाइरस परीक्षण गरिने बताएका छन्।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए।

मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञको सल्लाह र सुझावमै भइरहेको बताए।

उनले विज्ञहरूबाट सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले सहयोग गर्नुपर्ने बताए मन्त्री ढकालले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्