०३ साउन २०८३, आइतबार

पार्टी फुट्न पनि सक्छ !

पार्टी फुट्न पनि सक्छ !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  ले पार्टीभित्र चलेको संघर्ष समाजमा चल्ने संघर्षको प्रतिविम्ब रहेको बताएका छन्।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका सन्दर्भमा शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'जबसम्म कम्युनिस्ट पार्टी रहन्छ तबसम्म पार्टीभित्र संघर्ष चलिरहन्छ। समाजमा चलेको संघर्षकै रिफ्लेक्सन पार्टीभित्र चल्ने हो,' उनले भने, 'एकता, संघर्ष र रूपान्तरणपछि नयाँ आधारमा एकता हुन पनि सक्छ र फूट पनि हुन सक्छ ।'

प्रचण्डले एकता विधि र पद्धतिका आधारमा हुने कुरामा जोड दिँदै भने, 'एकता चोचोमोचो मिलाएर हुने कुरा होइन । विचार संघर्षको बलमा नै कम्युनिस्ट पार्टीभित्र एकता हुने हो। एकता संघर्षद्वारा हासिल गरिने कुरा हो । संघर्षबाट एकतै प्राप्त हुन्छ भन्ने कुनै जरुरी छैन। एकता संघर्ष रुपान्तरण पछि नयाँ आधारमा एकता भएन भने पार्टी फुट्न सक्छ ।'

उनले पार्टीभित्र भएको संघर्षलाई संकेत गर्दै एकतै हुनुपर्छ भन्ने आदर्शवादी भ्रममा नरहन सबैलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्