१२ साउन २०८३, मंगलबार

दक्षिण कोरियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सुचारु

कात्तिक २०, २०७४
दक्षिण कोरियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सुचारु

काठमाडौं, १९ वैशाख — अमेरिकाको विवादास्पद थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली दक्षिण कोरियामा पूर्ण सञ्चालनमा आएको अमेरिकी सेनाले जनाएको छ ।


अमेरिकी सेनाका एक प्रवक्ताले उक्त प्रणालीबाट उत्तर कोरियाका क्षेप्यास्त्रलाई प्रतिकार गर्न र दक्षिणलाई सुरक्षा दिन सकिने बताए ।

तर अधिकारीहरूले भने उक्त प्रणाली पूर्ण सञ्चालनमा आउन अझै महिनौं लाग्ने पत्रकारहरूलाई बताएका छन् ।

उत्तर कोरियाको लगातारको धम्की र अमेरिकी युद्धपोतको तैनाथीका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ ।

सोमवार दुईवटा अमेरिकी बमवर्षक विमानले दक्षिण कोरियाली वायुसेनासँग संयुक्त अभ्यास गरेका थिए । यो नियमित अपरेसन भएको अमेरिकाले बतायो ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै परिस्थिति अनुकूल भएमा आफूले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनसँग कुराकानी गर्न चाहेको बताएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्