१२ साउन २०८३, मंगलबार

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

साउन १०, २०७७
कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

शनिबार मात्रै कर्णालीमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यो सँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १८५१ पुगेको छ ।

महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार सुर्खेतको चौकुने गाउँपालिकाका तीन जना, गुर्भाकोटका दुई जना, वीरेन्द्रनगरका पाँच जना, चिंगाडका एक जनामा कोरोना देखिएको हो । दैलेखको आठबीस नगरपालिकाका एक जना, दुल्लु नगरपालिकाका एक जनामा पनि कोरोना देखिएको छ ।

कालिकोटको रास्कोट नपाका दुई जना, नरहरीनाथ गाउँपालिकाका एक जना, हुम्लाको नाम्खा गापाका एक जना, मुगुको खत्याड गाउँपालिकाका दुई जना र जाजरकोटको भेरी नगरपालिकाका ६ जनामा शनिबार कोरोना पुष्टि भएको उनले बताए ।

५४ जना घर फर्किए
वितेको २४ घण्टामा उपचारमा रहेका कोरोना संक्रमित मध्ये ५४ जना घर फर्किएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा १६३९ जना निको भई डिस्चार्ज भएका छन भने आइसोलेसनमा दुई सय ६ जना उपचाररत रहेका छन् ।

जसमध्ये सुर्खेतमा ३२ जना, दैलेखमा ९२ जना, जाजरकोटमा पाँच जना, सल्यानका १९ जना, रुकुम पश्चिमका १२ जना, जुम्लामा एक जना, कालिकोटमा १३ जना र मुगुमा एक जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्