११ असार २०८३, बिहीबार

पीसीआर मशिन खरिद गर्न २५ लाख सहयोग

साउन १०, २०७७
पीसीआर मशिन खरिद गर्न २५ लाख सहयोग

झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा कोरोना परीक्षणका लागि पीसीआर मशिन खरिद गर्न जिल्ला सहकारी संघ झापाले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
     
संघले विभिन्न सहकारी संस्थामार्फत संकलन गरेको रकम ‘एकका लागि एक अभियान’का सहसंयोजक विनोद बस्नेतलाई शनिवार प्रदान गरिएको थियो ।

सो रकमकोे चेक जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष गीता कुँवर र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले संयुक्तरूपमा प्रदान गरेका थिए ।

सहारा नेपाल सहकारी संस्थासहित विभिन्न २८ वटा संघसंस्थाको अगुवाइमा यहाँका नागरिकस्तरबाट प्रयोगशाला स्थापना गरिएको छ तर औपचारिकरूपमा सञ्चालनमा भने आएको छैन । अभियानअन्तर्गत १ करोड ६८ लाख संकलन भइसकेको र ४७ लाख खाद्यान्न, भीटीएम, आरडीटी किट खरिद लगायतका शीर्षकमा खर्च भएको बताइएको छ ।
 
कोटिहोममा स्थापना गरिएको प्रयोगशाला प्रदेश नम्बर १ सरकारलाई हस्तान्तरण गर्ने तयारी समेत भइरहेको अभियान संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्