
कोरोनाका कारण मास्क र स्यानिटाइजर मानिसको जिन्दगीको हिस्सा बनेको छ।
मान्छे यति त्रसित छन् कि मास्क बिना बाहिर निस्कन सायदै सक्छन् अनि स्यानिटाइजर पनि उत्तिकै प्रयोग भइरहेको छ।
मान्छे आफूलाई मात्र होइन घरमा रहेका चिज बस्तु पनि स्यानिटाइज गर्न थालेका छन्।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा तरकारी र फलफूल स्यानिटाइजकाे ‘ट्रिक’ देखाइएको छ।
ती व्यक्तिले प्रेसर कुकरको बाफबाट तरकारी स्यानिटाइज गर्न उपाय प्रयोग गरेका छन्। यो घटना भारतको हो।
प्रेसर कुकरको सिटी झिकेर त्यसमा पाइप जोडिएको छ। र, कुकरको बाफबाट तरकारी स्यानिटाइज गरिएको भिडियो देखिन्छ। ती व्यक्तिको दाबी छ कि तातोपानीले पखाल्दा तरकारी खराब हुन्छ।
तर बाफबाट पखाल्दा बिग्रँदैन।
Look at the great Indian Jugaad to sterilise vegetables.😁 The efficacy of this methodology can not be certified by me however India never fails to amaze 🇮🇳 Truly Incredible India #corona #COVID19Pandemic #CoronavirusIndia pic.twitter.com/PuOhzy7TVl
— Supriya Sahu IAS (@supriyasahuias) July 24, 2020