२४ जेठ २०८३, आइतबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्यो आज ?

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्यो आज ?

नेपाली बजारमा दिनदिनै सुनको भाउले नयाँ रेकर्ड कायम गर्दै गएको छ ।  

साताको पहिलो दिन आइतवार छापावाल सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

जुन मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । 

कारोबारको अघिल्लो दिन शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यसदिन तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रवार यस्तो सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ तोकिएको थियो । 

अघिल्लो दिनको तुलनामा यसदिन चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । यसदिन चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार चाँदी १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्