
रुसको तिखोरेत्स्क शहरमा सानो सुपरमार्केटको शीशा फुटाउँदै टोयोटा ल्यान्डक्रुजर भित्र पसेपछि शपिङ गरिरहेका १० वर्षीय बालक केही सेकेन्डको अन्तरले बाँचेका छन् ।
एसयूभी बालकसँग ठोकिएको थियो र उनी सामान राखेको शेल्फमुनि पुगेका थिए । बालकलाई गम्भीर घाउचोट लागेको छ ।
गाडी एक व्यापारी भ्लादिमिर लिचमानोभले चलाएका थिए । उनले म्याग्निट सुपरमार्केटको कार पार्किङमा गाडी राख्दै गर्दा नियन्त्रण गुमाएका थिए ।
सीसीटीभीमा टोयोटा शीशाको ढोकालाई फुटाउँदै भित्र पसेको देखिन्छ । गाडी काउन्टरसम्म पुगेको थियो ।
भिडियोमा बालकलाई अनियन्त्रित एसयूभीले झण्डै टाउकोमा ठोकाएको थियो ।
काउन्टरमा रहेका दुई कर्मचारी पनि अलिकतिले ठोकिनबाट बचेका थिए ।
तर काउन्टर चाहिँ पूरै ध्वस्त भएको थियो ।
बालकलाई अस्पताल लगिएको थियो । घाउमा पट्टी लगाएर उनलाई घर पठाइएको छ ।