
नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मंगलवारका लागि तय भएको स्थायी कमिटी बैठक बिहानै स्थगित भइसकेको बताएका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुरू गरेको बैठक औपचारिक नभएको नेम्वाङले बताए ।
‘स्थायी कमिटी बैठक त महासचिवले बिहानै स्थगित गर्नुभएको हो, नेताहरू भेला हुनुभएको होला, औपचारिक बैठक छैन,’ नेम्वाङले भने ।
मंगलवार दिउँसो २ बजेदेखि प्रचण्डले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक बालुवाटारमै राखेका छन् ।
नेम्वाङले प्रचण्ड लगायतका नेताहरूसँग मंगलवार पनि प्रधानमन्त्री ओलीले सहमतिमै अगाडि बढ्न प्रस्ताव गरेको बताए ।
‘एक जनाले राख्दैमा बैठक हुन्छ र ?’ नेम्वाङले प्रश्न गरे ।