
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–९ स्यालामा अविरल वर्षासँगै खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाएको छ ।
पहिरोमा परी २२ वर्षीय नविन सुनार र १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पश्चिममा ल्याइएको छ ।
पहिरोले हस्तबहादुरकी आमा ६० वर्षीया झुपी र पत्नी २२ वर्षीया ब्युझना, छोरीहरू ५ वर्षीया कोपिला र ३ वर्षीया रितुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले बताए ।