०५ असार २०८३, शुक्रबार

पहिरोले पुरिँदा २ जनाको मृत्युु

साउन १४, २०७७
पहिरोले पुरिँदा २ जनाको मृत्युु

दाङमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथि खसेको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया  बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलवार राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । 

घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्