काठमाडौं, १९ वैशाख– नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर उपमेयरमा चुनावी तालमेल भएको छ ।
नेकपा एमाले र राप्रपाका नेताहरुबीच मंगलवार एमाले संसदीय दलको कार्यालयमा भएको छलफल पछि काठमाडौंको मेयरमा एमालेका बिद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाको तर्फवाट उम्मेदवारी दिने सहमति भएको हो ।

राप्रपाले उपमेयरको रुपमा राजाराम श्रेष्ठलाई अगाडि सारेको छ । यसअघि उनले काठमाडौंको मेयरमा पनि उम्मेदवारी दर्ता गराएका थिए ।
श्रेष्ठले मेयरमा गरिएको मनोनयन फिर्ता लिइने जनाइएको छ ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले मेयरमा उम्मेदवारी दिएका छन् ।