
बाथटब त खासमा नुहाउनकै लागि उपयोग गरिन्छ ।
तर जर्मनीमा मिकेनबेकर दाजुभाइले ड्रोन प्रविधि उपयोग गरेर बाथटब उडाएका छन् ।
योहानेस र फिलिप मिकेनबेकरले दुई महिना लगाएर उड्ने बाथटब बनाएका हुन् ।
भुइँबाट १०० फीट माथिसम्म मात्र उड्न सक्ने भएकाले जर्मन सरकारले पनि यसको अनुमति दिएको बताइएको छ ।