२२ असार २०८३, सोमबार

कुरिनटारमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

कुरिनटारमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्वीर

पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरू गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्