०९ साउन २०८३, शनिबार

युभेन्टसलाई लीग उपाधि जिताएपछि रोनाल्डोले गरे परिवारसँग मोजमस्ती

साउन १५, २०७७
युभेन्टसलाई लीग उपाधि जिताएपछि रोनाल्डोले गरे परिवारसँग मोजमस्ती

क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई सेरी आ उपाधि जिताएपछि महंगो तथा विलासी याटमा परिवारसँग मोजमस्ती गरेका छन् । 

यी ३५ वर्षीय खेलाडीले आफ्नो करीयरको सातौं लीग उपाधि हासिल गरेका हुन् । आइतवार साम्पादोरियाविरुद्धको खेल युभेन्टसले जितेपछि उपाधि हात पारेको हो । त्यसमा रोनाल्डोले पहिलो गोल गरेका थिए । 

लगातार दुई सीजन रोनाल्डोले युभेन्टसलाई उपाधि दिलाएका हुन् । त्यसपछि उनी खुशी भएर मोजमस्तीमा लागेका हुन् । 

उनको विलासी याट जहाजमा पाँचवटा क्याबिन, ६ वटा बाथरूम, विशाल लाउन्ज र भान्सा समेत छ । 

उनकी प्रेमिका जर्जिना रोड्रिगेजले मस्ती गरिरहेको तस्वीर सार्वजनिक गरेकी हुन् । 

उनका चार सन्तान पनि विलासी जहाजमा थिए । 

रोनाल्डो परिवारले ग्रीष्मको बिदा यही जहाजमा बिताउने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्