११ साउन २०८३, सोमबार

स्वस्थ जीवनका लागि सुरु गर्नुहोस् यी व्यवहार

साउन १५, २०७७
स्वस्थ जीवनका लागि सुरु गर्नुहोस् यी व्यवहार

भनिन्छ, स्वस्थ जीवन नै अमूल्य धन हो।

तर, व्यस्त जीवनशैली, खानपान र आनीबानीका कारण हामी दिनप्रतिदिन अस्वस्थको शिकार बन्दै गएका छौं।

चिकित्सकले पनि शारिरिक व्यायाम नियमित गर्न र तौल नियन्त्रण गर्न सुझाव दिन्छन्। 

झन्झट र अल्छी नमानी स्वस्थ आचरण र बानी व्यवहारको सुरुवात गर्न सके स्वस्थ रहन सकिन्छ।

त्यसका लागि अपनाउनुस् यी  उपाय

-बिहान सबेरै उठ्नुहोस्
सधैँ सूर्योदय पूर्व उठ्नुहोस्। बिहान २० देखि ३० मिनेट नियमित व्यायाम गर्नुहोस्।

-एकाग्र रहनुहोस् 
कम्तीमा ३० मिनेट एकाग्र रहेर श्वास–प्रश्वासमा ध्यान केन्द्रित गराउनुहोस्। यसबाट मानसिक तथा शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ। 

-पर्याप्त प्रशस्त पानी पिउनुहोस्
आफ्नो दिनको सुरुवात मनतातो दुई गिलास पानी पिएर गर्नुहोस्। दिनभर पर्याप्त पानी पिउनुहोस्।

-खानापछि आराम नगर्नुहोस्
खाना खाएपछि तुरुन्तै बेडमा  पल्टिनु हुँदैन। कुर्सीमा पनि नबस्नुहोस्। बरु एकछिन हिँड्नुहोस् । 

-फाइबरयुक्त खाना खानुहोस्
धेरै मिठो, मसिनो र बाहिरको खानामा जोड नदिनुहोस् । घरमै बनाएर प्राकृतिक खाना खाने आदत बसाल्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्