३१ असार २०८३, बुधबार

अमेरिकाले इरानमाथि लगायो थप प्रतिबन्ध

साउन १६, २०७७
अमेरिकाले इरानमाथि लगायो थप प्रतिबन्ध

सन् २०१८ मा डोनल्ड ट्रम्पले अमेरिकालाई इरान आणविक सम्झौताबाट झिकेपछि पुनः लगाएको प्रतिबन्ध अहिले फेरि थपेको छ । 

बिहीवार अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले इरानका विभिन्न परियोजनामा उपयोग गरिने थप २२ पदार्थ बनाउने धातुहरूमाथिको प्रतिबन्ध बढाएको हो । 

‘आज परराष्ट्र मन्त्रालयले इरानको आणविक, सैन्य तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्रयोग हुने २२ वटा विशिष्ट पदार्थको पहिचान गरेको छ । इरानलाई जानाजान यी पदार्थहरू दिनेहरूमाथि प्रतिबन्ध लगाइनेछ,’ पोम्पेओले बयान जारी गरेर बताए । 

पोम्पेओले इरानको रिभोल्युसनरी गार्ड्सको निर्माण कम्पनी र उसका शाखा प्रशाखालाई संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको बताए । उनीहरू फोरदोमा युरेनियम प्रवर्द्धन केन्द्र निर्माणमा प्रत्यक्ष संलग्न थिए । 

‘रिभोल्युसनरी गार्ड्सको यो निश्चयका कारण ग्राफाइट वा कच्चा वा आधा सकिएका धातु इरानबाट बाहिर वा बाहिरबाट इरानमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ,’ बयानमा लेखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्