०७ असार २०८३, आइतबार

३४ जिल्लामा मनोनयन दर्ता शान्तिपूर्ण तथा उत्साहजनकरुपमा सम्पन्नः आयोग

कात्तिक २०, २०७४
३४ जिल्लामा मनोनयन दर्ता शान्तिपूर्ण तथा उत्साहजनकरुपमा सम्पन्नः आयोग


काठमाडौं, १९ बैशाख– बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य शान्तिपूर्ण तथा उत्साहजनकरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।Photo_1
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताए ।
उनले निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको बताए । काठमाडौं र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन प्रक्रियाको अवलोकनका क्रममा उनले सो कुरा बताएका हुन् । यादवले काठमाडौंका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकाल र ललितपुरका मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीबाट ती जिल्लाको समग्र मनोनयन प्रक्रियाबारे जानकारी लिएका थिए ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म समय तोकिए पनि साँझ ५ बजेभित्र लाममा बसिसकेका उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया साँझसम्म चलेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्