अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वेयरमा भगवान राम र अयोध्याको भव्य राम मन्दिरका ३डी तस्वीर ठूला बिलबोर्डहरूमा प्रदर्शन गरिने भएको छ ।
अगस्ट ५ मा राम मन्दिरको भूमिपूजन समारोहको अवसरमा अमेरिकामा बस्ने हिन्दू भारतीयहरूले भगवान राम र अयोध्याको मन्दिरको चम्किलो तस्वीर न्युयोर्कमा देखाउन लागेका हुन् ।
अमेरिका इन्डिया पब्लिक अफेयर्स कमिटीका अध्यक्ष जगदीश सेवानीले अगस्ट ५ मा भव्य प्रदर्शनी गर्न खोजिएको बताए ।
सेवानीका अनुसार, प्रसिद्ध बिलबोर्डमध्ये नास्डाकको विशाल स्क्रीन र १७ हजार फीट लामो एलईडी डिस्प्ले स्क्रीन भाडामा लिइएको छ ।
बिहान ८ बजेदेखि राति १० बजेसम्म हिन्दी र अंग्रेजीमा जय श्रीराम शब्दहरूको छवि, भगवान रामका तस्वीर र भिडियो, मन्दिरको डिजाइन र स्थापत्यकलाको ३डी तस्वीर अनि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको शिलान्यास गरेको तस्वीर प्रदर्शन गरिने भएको छ ।