१५ असार २०८३, सोमबार

नेपालसँगकाे सम्बन्धलाई थप माथि उठाएर मिलेर काम गर्ने चिनियाँ राष्ट्रपतिकाे उद्घाेष

साउन १७, २०७७
नेपालसँगकाे सम्बन्धलाई थप माथि उठाएर मिलेर काम गर्ने चिनियाँ राष्ट्रपतिकाे उद्घाेष

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली समकक्षीसँग द्वीपक्षीय सम्बन्धलाई थप माथि उठाएर मिलेर काम गर्ने बताएका छन्।

मैत्री तथा सांस्कृतिक सम्बन्धलाई कुटनीतिक रुपमा औपचारिकता प्रदान गरेको ६५ औं वर्ष गाँठमा अवसरमा नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाउँदै उनले नेपाल र चीनबीच कुटनीतिक सम्बन्धको महत्त्व दर्शाएका छन्।

सीले नेपाल चीनका जनताको फाइदाका लागि मिलेर काम गर्ने तथा क्षेत्रीय स्थायित्व र विकासका लागि सकारात्मक भूमिका खेल्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्