०५ साउन २०८३, मंगलबार

ओली–प्रचण्ड तीन घण्टा छलफल, तिक्तता मेटाउने प्रयास

ओली–प्रचण्ड तीन घण्टा छलफल, तिक्तता मेटाउने प्रयास

पार्टीभित्र देखिएको गतिरोध अन्त्यका विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार झण्डै ३ घण्टा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको छलफलमा दुई अध्यक्षले तिक्तता मेटाउने प्रयास गरेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित भएको छलफलमा विवाद समाधान गरेर स्थायी कमिटी बैठक टुंग्याउनेबारे छलफल भएको थियो ।

प्रचण्डले साउन १३ गते आफूनिटक स्थायी कमिटी सदस्यको बैठक बोलाएपछि दुई नेताबीच असमझदारी बढेको थियो । 

‘भेटवार्ता सकारात्मक छ, तर आजपनि कुनै सहमति जुटेन,’ स्रोतले लोकान्तरसँग भन्यो ।

पार्टीभित्रको विवादका कारण असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

पछिल्लोपटक साउन ६ गते केहीबेर बसेर १३ गते बोलाइएको बैठक सूचनामार्फत अनिश्चितकालका लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्