
कोभिड संकटका कारण प्रतिस्पर्धीहरू समस्यामा परेपछि हुआवेले यस वर्ष सबभन्दा बढी स्मार्टफोन उत्पादन गरेको छ ।
यस चिनियाँ कम्पनीले सन् २०२० को दोस्रो त्रैमासिकमा ५ करोड ५८ लाख स्मार्टफोन संसारभरि पठाएको छ । यसक्रममा उसले कोरियाको सामसङलाई पछि पारेको छ ।
त्यस समयमा सामसङले ५ करोड ३७ लाख स्मार्टफोन पठाएको थियो ।
हुआवेले उत्पादन गर्ने ७० प्रतिशतभन्दा बढी फोनहरू चिनियाँ ग्राहकलाई बेचिएको थियो ।
यो आँकडा संकलन गर्ने अनुसन्धान कम्पनी क्यानालीसका वरिष्ठ विश्लेषक बेन स्टान्टोनले भने, ‘हुआवेले चिनियाँ आर्थिक पुनरुत्थानको पूर्ण फाइदा उठाउँदै स्मार्टफोन व्यापारलाई पुनर्जागृत गरेको छ ।’
भवनहरूलाई ब्रोडब्यान्डसँग जोड्ने उपकरण बनाउनु नै हुआवेको मुख्य काम हो । त्यसमा ऊ विश्वमै अग्रणी मुलुक हो ।
तर चिनियाँ कम्युनिस्ट पार्टीसँग उसको सम्बन्धको कुरा उठाएर अहिले उसमाथि प्रतिबन्ध लगाउन खोजिएको छ ।